शनिबार, फागुन २, २०८२

राजतन्त्रका दलालहरूले लोकतान्त्रिक नेतामाथि खुकुरी हाने : प्रधानमन्त्री

‘अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिए’

मेरोन्यूज २०८० भदौ २४ गते १७:५६

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरेको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ घटनाबाट सबै सचेत हुनुपर्ने बताए । उनले भने, ‘निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन । यसबाट तपाईं–हामी सचेत हुनैपर्छ ।’

सत्तारूढ कांग्रेस सहमहामन्त्री यादवमाथि गत भदौ २० गते भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनले यादवमाथि खुकुरी प्रहार गरेपछि ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, राजतन्त्र जीन्दावाद’ जस्ता नारा लगाएका थिए।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताए । उनले सरकारले थालेको अभियानलाई साथ दिने कुरा जनताको परिर्वतनको आन्दोलन र बलिदानीलाई साथ दिने कुरा भएको बताए ।

प्रधानमन्त्रीले दाहालले भने, ‘सरकाले एउटा नँया आन्दोलन, नयाँ अभियान भ्रष्टाचारविरुद्ध समाजिक न्याय र समृद्धिको पक्षमा अभियान शुरु गरेको छ । जसमा जनता,सत्ता गठबन्धन र समाजवादी मोर्चाका नेताले साथ दिनुभएको छ । सरकाले भ्रष्टाचारविरुद्ध गरेको काममा साथ दिने कुरा प्रधानमन्त्रीलाई साथ दिने कुरा मात्रै नभएर यो परिर्वतनप्रति जनताले गरेको त्याग र बलिदानीको सम्मान गर्ने कि नगर्ने भन्नेसँग सम्बन्धित छ ।’

आफु अहिले पार्टीको अध्यक्ष मात्रै नभएर देशको प्रधानमन्त्री पनि भएको नाताले निकै भ्रष्टाचार र व्यथिति विरुद्ध जनताको पक्षमा अभियान चलाउँन पाउँदा खुसी लागेको बताए । यद्यपी आफु सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएको प्रधानमन्त्री दाहालले बताए ।

उनले भने, ‘भ्रष्टाचारविरुद्धबाट एकथरी मान्छेहरु खुसी छैनन् । जो सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेका थिए ती मान्छे को अभियानदेखि अत्तालिएका छन् । मैले यो अभियान सुरु गरे लगत्तै शान्ति सम्झौता विपरित प्रधानमन्त्री कार्यकारी प्रमुखविरुद्ध पटकपट मुद्धा हाल्ने गरेका छन् । यो परिर्वत कसरी उल्टाउन सकिन्छ भनेर लागेका छन् ।’

समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको बताउँदै प्रधानमन्त्री दाहालले समाजवादी गणतन्त्रसम्म देशलाई पुर्याउन समाजवादी मोर्चाले नेतृत्व गर्ने दाइत्व रहेको बताए ।

प्रतिक्रिया