माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलमा पछि बसेका युवकको मृत्यु
मेरोन्यूज
२०८० भदौ २४ गते १९:५१

डडेल्धुरा । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो ।
गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पु¥याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।
टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया