एन्फाका बहुमत सदस्यले लिखित रुपमा मागे अध्यक्ष र महासचिवको बर्खास्ती

काठमाडौं । नेपालको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरेका छन् । ८६ सदस्यीय साधारण सभाका ४८जनाले हस्ताक्षर गरेर अध्यक्ष–महासचिवको बर्खास्ती माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई पत्र बुझाएका हुन् ।
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यले लिखित निवेदन दिएका हुन् । अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने विषयसूची खुलाएर एन्फा वरिष्ठ उपाध्यक्ष खड्कालाई लिखित माग बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।
एन्फा कार्यसमितिको बहुमतले अध्यक्षलाई अस्थायीरुपमा अर्को साधारणसभासम्मलाई निलम्बन गर्न सक्छ भने महासचिवलाई बर्खास्त गर्न सक्नेछ । अध्यक्षलाई बर्खास्त गर्न साधारण सभाको दुईतिहाइ चाहिन्छ ।
एन्फा कार्यसमिति र साधारणसभा दुवैमा अध्यक्ष नेम्वाङ अल्पमतमा छन् । अल्पमतको अध्यक्षले कुनै पनि निर्णय गराउन सक्ने हैसियत राख्दैनन् ।
एन्फा विधानको धारा ४१ मा अध्यक्षको बर्खास्तीसम्बन्धी व्यवस्था छ । त्यस बमोजिम साधारण सभाबाट बर्खास्तीको प्रस्ताव पारित हुन उपस्थितिको दुई तिहाइको समर्थन चाहिन्छ । यदि सबै थप ७ जना सदस्य जुटाए एन्फा अध्यक्ष पदमुक्त हुनेछन् । बर्खास्तीको प्रस्ताव पेश गरिएको ३० दिनभित्र साधारण सभा बोलाउनुपर्ने प्रावधान रहेको छ । साधारणसभाले मतदानबाट निर्णय लिन्छ ।
साधारणसभाअघि कार्यसमिति बैठक बोलाएर अध्यक्षलाई निलम्बन गर्ने असन्तुष्ट समूहको योजना छ । कार्यसमितिमा १८ सदस्यमध्ये असन्तुष्ट पक्षमा ११ जना छन्,
असन्तुष्ट समूहले वरिष्ठ उपाध्यक्षलाई बुझाएको प्रस्तावमा अध्यक्षमाथि १९ बुँदे आरोप लगाएका छन् ।
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया