बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

डोल्पा । भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज (मंगलबार) भेरी नदीमा भेटिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो ।
भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
दुईटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिब बुढाथोकीले जानकारी दिएका छन् ।
काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए ।
















‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया