फुटबलप्रेमी नेम्वाङ

गण्डकी । कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए- “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।”
नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउथे । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडीमा पर्थे ।
नेकपा ९एमाले० भित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो । यो विसं २०७८ असारतिरको कुरा हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ ।
घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो बेला सञ्चारकर्मीसँग भनेका थिए – “बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मक रुपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।”
सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए । इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाए, पाएनन् त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन ।
माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे । पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रियरअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे ।
विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए । सञ्चारकर्मीसँगको कुराकारीमा उनले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्थे ।
काठमाडौँ आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्थे । पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रुपमा रहेको थियो । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उनले फुटबल हेर्ने गर्थे ।
विश्व फुटबलमा उनलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताए । राति १२÷१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनले सुनाए ।
कुशल राजनीतिज्ञको छवि बनाएर एकाएक अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गथ्र्यो ।
संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौँमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमाले संसदीय दलको उपनेतासमेत थिए । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिए ।
विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मेका उनी संविधान र कानूनका ज्ञातासमेत थिए । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापित गर्नमा अगुवाइ गर्नुहुने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित थिए । दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।















मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
प्रतिक्रिया