शुक्रबार, माघ २३, २०८२

६० किलो सुन काण्ड

२३ विदेशी संग्लन्न, ९ पक्राउ, १४ अझै फरार

मेरोन्यूज २०८० भदौ २७ गते १२:५३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ‘ब्रेक शु’को स्वरुपमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा २३ विदेशीसहित ५० जना संग्लन्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सुन तस्करीहरुले हङकङबाट नेपाल हुँदै भारतसम्म लगेर सुन विक्रि वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ ।

सीआईबीले २७ नेपाली र २३ विदेशी नागरिकलाई प्रतिवदी बनाउन रायसहित आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।


यस प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । फरारमध्ये १४ विदेशी र चार नेपाली हुन् ।

गत साउन ४ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याएको अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा १८ दिन आफैँले अनुसन्धान गरेको राजस्वले त्यसपछि सीआईबीलाई सुम्पेको थियो । सीआइबीले ४२ जना प्रहरी अधिकारीहरु प््रत्यक्ष र थप अप्रत्यक्ष पनि संग्लन्न गराएर यो अनुसन्धान गरेको थियो ।

त्यस्तै तस्करहरुले ७ वटा नेपाली कम्पनी खोलेर त्यसैमार्फत कारोबार गरेको पनि खुलेको छ । ७ मध्ये ६ ओटा कम्पनीबाट भित्राइउको सामानमाक ुनै न कुनै रुपमा सुन ल्याइएको देखिएको प्रहरीको भनाई छ । एउटा कम्पनीबाट भने सामान भित्राएको नदेखिएको र त्यसमार्फत पनि भित्राउने तयारी भईरहादा व्रेक लागेको हुनसक्ने सीआइबीले जनाएको छ ।

प्रतिक्रिया