अनुमति बेगर ‘प्रहरी पोशाक र दर्ज्यानी चिह्न ’ प्रयोग गरेमा कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौँ । चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा प्रहरी पोसाक प्रयोग गर्न अनुमति लिनुपर्ने नेपाल प्रहरीले बताएको छ ।
विगत केही समय यता नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग गरेकोमा आपत्ति जनाउँदै प्रहरीले प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमामा अनुमति लिनुपर्ने बताएको छ । अनुमति नलिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने प्रहरीले जनाएको छ ।
‘नेपाल प्रहरीको पोसाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्नेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘शाखाबाट पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह छ । यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’
प्रहरीको पोसाक लगाएर सांगठनिक मर्यादा विपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यहरू समेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवम् अराजक प्रकृतिका अभिव्यक्तिहरू आएको कार्यालय जनाएको हो ।
यस्तो छ प्रहरीको विज्ञप्ति :

















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया