शनिबार, फागुन २, २०८२

विश्वका सय उदीयमान नेताको सूचीमा बालेन

प्रतिष्ठित अन्तराष्ट्रिय म्यागेजिन टाइमले ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गर्नेक्रममा बालेनको नाम सूचीमा समावेश गरेको छ

मेरोन्यूज २०८० भदौ २८ गते ६:२५

काठमाडौं । प्रतिष्ठित अन्तराष्ट्रिय म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टाइम म्यागेजिनले हरेक वर्ष यस्तो सूची सार्वजनिक गदैं आएको छ । सन् २०२३ का लागि टाइमलले वालेनको नाम पनि समावेश गरेको हो । उसले भविश्यमा आफनो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने प्रतिभाहरुको नाममा ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गर्ने गरेको छ ।

व्र्ष ब्यक्ति र संसारको प्रभावशाली सय ब्यक्तिको सूची जारी गदै आएको टाइमले सन् २०१९ देखि उदीयमान ब्यक्तिहरुको सूची निकाल्न थालेको हो । त्यसमा कलाकार, वैज्ञानिक, प्रमुख कार्यकारी अधिकृत र अन्तरिक्षयात्री लगायतलाई समेटने गरेको छ ।

२०७९ बैशाखको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर यथास्थितीप्रतिको मतदाताको असन्तुष्टिबीच टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत बालेन इफेक्ट सिर्जना गरेको टाइमले लेखेको छ ।

टाइमको यस्तो सूचीमा बालेन सहित यूरोपेली संसद्का अध्यक्ष रोर्बट मेट्सोला, स्कटल्यान्डका फस्र्ट मिनिस्टर हम्जा यसुफा, युक्रेनका प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, भारतीय महिला क्रिक्रे खेलाडी हर्मनप्रित कौर लगायत परेका छन् ।

बलेनले चुनावी अभियानमा २०१५ को भूकम्पको प्रभाव कायमै रहेको काठमाडौंको बाँकी पूर्ननिर्माण, फोहरमैला तथा सरसफाईको उचित प्रवन्ध, स्वच्छ खानेपानी, सफा सडक र सास्कृतिक सम्पदाको संरक्षणसहित सहरी विकासको प्रतिवद्धता गरेको र ती प्रतिबद्धता पूरा गर्ने क्रममा शहरी गरिवमाथी परेको असर र उनीहरु बस्ने घर भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै आलोचना खेप्नुपरेको पनि टाइमलले लेखेको छ ।

मेयर पद सम्हालेपछि बालेनले ल्यान्डफिल साइडको उपयोग र फोहोर बर्गीकरण गरि नकुहिने फोहोरको ब्यवस्थापनका लागि विभिन्न सम्झौता गरेको समेत टाइमलले लेखेको छ छ ।

प्रतिक्रिया