शनिबार, फागुन २, २०८२

बाबुको मुख हेर्ने दिन : गोकर्णेश्वरमा भक्तजनको भीड

मेरोन्यूज २०८० भदौ २८ गते ९:१८

काठमाडौं । आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

Advertisement
nepal life insurencenepal life insurence

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न आएका भक्तजनको भीड लागेको छ ।
आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ ।

प्रतिक्रिया