खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार छिट्टै पाउँछन् : प्रधानमन्त्री
‘एसियन गेम्समा सहभागी हुने टोलीलाई बिदाइ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीहरूका लागि सरकारले घोषणा गरेको पुरस्कार छिट्टै उपलब्ध गराउने बताएका छन् । चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारले आफुलाई गम्भीर बनाएको बताए ।
‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारले आफुलाई गम्भीर बनाएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसलाई छिटै समाधान गर्ने विश्वास दिलाउन चाहन्छु ।’
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडीलाई बिदाइ गरेका हुन्।
बिदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले एसियाडमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शुभकामना दिए।
एसियाडको इतिहासमा पहिलो पटक यति धेरै खेलाडीले सहभागिता जनाउन लागेका हुन्।
बिदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ। यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ। पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ। धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईंहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ। मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ।’
नेपालका खेलाडीहरूले अढाई महिनादेखि तयारी गरेको जानकारी आफूले पाएको बताउँदै प्रधानमन्त्री दाहालले आफू पनि खेल हेर्नका लागि चीन भ्रमणमा जाने बताए।
१९ औं एसियन गेम्समा नेपालका तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २ सय ५३ खेलाडी, ५१ प्रशिक्षक र २९ खेलका टिम म्यानेजरले सहभागिता जनाउँदैछन्।
एसियाड असोज ६ देखि २१ गते सम्म हुनेछ। एसियाडको उद्घाटन असोज ६ गते हुने भएपनि खेलहरु भने २ गतेदेखि नै सुरु हुनेछन्।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया