चिकित्सक कुटपिटविरुद्ध संघद्वारा प्रहरी समक्ष उजुरी

मकवानपुर । नेपाल चिकित्सक संघले हेटौँडाको सञ्चो अस्पतालमा चिकित्सकमाथि भएको हातपातको विषयमा प्रहरीसमक्ष उजुरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको हो ।
संघले पठाएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल समक्ष पेस भएको र औपचारिक रूपमा शुक्रबार मात्र उजुरी दर्ता हुने भएको छ । सार्वजनिक बिदा र साँझ अबेर गरी संघको उजुरी प्राप्त भएकाले शुक्रबार मात्र उजुरी दर्ता हुने प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
बुधबार सञ्चो अस्पतालमा चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । गत साउन २५ गते अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारी माथि हातपात भएको थियो ।
घटनाका विषयलाई लिएर कुटपिट भएका चिकित्सकहरूलाई उजुरी दर्तामा सुरक्षा थ्रेट आएपछि संघले संस्थागत रूपमा उजुरी दर्ता गराएको हो । जिल्लामा कार्यरत स्वाथ्यकर्मीहरुको सुरक्षा चुनौतीको विषयलाई मध्यनजर गर्दै घटनाबारे अनुसन्धान गर्न र संलग्नहरूलाई कारबाही गरी माग गर्दै संघले नेतृत्व लिएर काठमाडौँबाट प्रहरी समक्ष उजुरी दर्ताको लागि पठाएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया