शुक्रबार, माघ २३, २०८२

गैह्रीगाउँ हत्या प्रकरण

मदिराले मात्तिएको र कपडा तथा जुत्तामा रगत लत्तपतिएकै अवस्थामा समातिए एक जना

मेरोन्यूज २०८० भदौ ३० गते ७:१९

काठमाडौं । काठमाडौंको तिनुकनेस्थित गैह्रीगाउँ हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

उनलाई मदिरा सेवन गरेको र कपडा तथा जुत्तामा रगत लत्पतिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राति गैहीगाँउको दिव्य सस्मिलमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको थियो ।

धारिलो हतियार प्रयोग गरि चार जनाको हत्या भएको यो घटनाको प्ररहीले अनुसन्धान जारी राखेको छ । घटना के कति कारणले घटेको भन्ने खुलिसकेको छैन ।

घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याएएको छ । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् ।

यस्तै मोरङका १९ वर्षका नवीन राई रहेको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले मेरोन्यूजलाई जानकारी दिएका छन् । कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया