एमबाप्पेले दुई गोल गरेपनि हार्यो पीएसजी
मेरोन्यूज
२०८० भदौ ३० गते ८:०१

पेरिस । किलियान एमबाप्पेको दुई गोलका बावजुद पनि पीएसजीले हार ब्यहोरेको छ। निससँगको खेलमा पीएसजी २–३ गोलले पराजित भएको हो । नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पीएसजीले पहिलो हार बेहोरेको हो ।
तेरेम मोफीले निसलाई २१ औँ मिनेटमा अग्रता दिलाएका थिए तर एम्बाप्पेले ८ मिनेटपछि नै खेल बराबरीमा ल्याए । गेटान लेबोर्डेले दोस्रो हाफमा पाहुना टोलीलाई पुन अग्रतामा फर्काए भने नाइजेरियाका मोफीले १८ यार्डबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।
एमबाप्पेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि बराबरी गर्न सकेनन । टोलीमा फर्किएपछि यो सिजन चार खेलमा फ्रान्सेली कप्तानको सातौँ गोल थियो ।
३४ वर्षीय इटालियन फ्रान्सेस्को फारियोलीले व्यवस्थापन गरेको निस तालिकामा पीएसजीलाई उछिन्दै मोनाको पछि दोस्रो स्थानमा पुगेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया