प्रधानमन्त्री अमेरिका उडेको भोलिपल्टै तीन सांसद पनि उतैतिर
जनमत पार्टी अध्यक्ष देखि रास्वपा र कांग्रेसका एक एक जना सांसद अमेरिका उडे्का छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेको भोलिपल्टै तीन जना सांसद पनि उत्तैतिर लागेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र कांग्रेस सांसद रुपा विश्वकर्मा अमेरिका प्रस्थान गरेका हुन् ।
उनीहरु गएराती कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका लागेका हुन् ।
‘अध्यक्षको ब्यीक्तगत कामले उहाा अमेरिका जानुभएको हो,’ जनमत पार्टी सचिव विपि साहले भने,–‘कुनै अरु कामले होइन, ब्यीक्तगत काम नै हो ।’
राउत दुई सातापछि फर्किने गरि अमेरिका गएको साहले बताए ।
सांसदहरु अहिले विदेश भ्रमणमा जाने क्रम ह्वातै बढेको छ । भोलिमात्रै पनि सभामुख देवराज घिमिरेकै नेतृत्वमा एउटा टोली आयरल्यान्ड जाने कार्यक्रम रहेको छ । आगामी सातातिर फेरि संसदको कृर्षि समितिका सभापति डा आरजु राणा देउवा नेतृत्वको टोली बंगलादेश जाने कार्यक्रम छ ।

















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया