गैह्रीगाँउमा भएको सामुहिक हत्या
बोल्न नसक्ने युवकले दीपेन्द्र भन्ठानेर नविनको हत्या गरे, पोल खुल्ने डरले भुजेलको परिवारै सखाप पारे !

काठमाडौँ । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्या एक व्यक्तिलाई हत्या गर्न गएका युवकले अर्का व्यक्तिलाई हत्या गरेपछि पोल खुल्ने डरले परिवारै सखाप पारेको निष्कर्ष प्रहरीले निकालेको छ ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अनुसन्धान अधिकृतले बोल्न नसक्ने अन्दाजी २२ वर्षीय युवक सःमिलमा दीपेन्द्र राईलाई रिसिइबीका कारण हत्या गर्न पुगेका थिए । दीपेन्द्र ती व्यक्ति हुन्, जो चार जनाको सामुहिक हत्या भएको खबर दिन रगताम्य कपडासहित तीनकुनेस्थित वानेश्वर प्रहरी वृत्तमा पुगेका थिए । घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए ।
ती बोल्न नसक्ने युवलकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीसँगै प्रहरीले दुई वटा खुकुरी फेला पारेको छ । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा र अर्को रगत लागेको अवस्थामा फेला पारेको बताएको छ ।
प्रहरी स्रोतका अनुसार बोल्न नसक्ने ती युवकलाई दीपेन्द्रले हाँकेको मोटरसाइकलले ठक्कर दिएको रहेछ । जुन युवकले प्रहरीसँगको बयानमा स्वीकारेका छन् । तर, उनले ती बाइक चलाउने नविन भनेर उनको हत्या गरे र हत्याको पोल खुल्ने डरले ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्राको पनि हत्या गरे ।
प्रहरी अनुसन्धानअनुसार घरबाटै प्राय बाहिर ननिस्कने नविनले बाइक चलाउँथेनन् ।
हत्या भएको केही बेरमै दीपेन्द्र सःमिलमा पुगेका थिए । दीपेन्द्र सःमिलमा पुग्दा ११ बजेर १३ मिनेट गएको र ११ः३३ मा निस्किएको सःमिलको सिसिटिभी फुटेटमा देखिएको प्रहरी स्रोतले बताएको छ ।
दीपेन्द्र समिलमा आएको देखेपछि आरोपी फाल हालेर भागेका थिए । उनले नविनलाई दिपेन्द्र भन्ठानेर हत्या गरेको हुन सक्ने प्रारम्भीक निष्कर्षमा आफूहरू पुगेको पनि प्रहरी स्रोत बताउँछ ।
आफू त्यहाँ पुग्दा सबैको हत्या भएपछि बचाउन भन्दै प्रयास गर्दा नसकेपछि उनी प्रहरीलाई खबर गर्न तिनकुनेस्थित प्रहरी वृत्तमा पुगेका थिए । उनी प्रहरी वृत्तमा पुग्दा ११ः५५ बजेको थियो ।
प्रहरीले घटनामा बोल्न नसक्ने युवकको मात्र संलग्नता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको छ । उनले प्रहरीसमक्ष चार जनाकै हत्या आफूले गरेको बयान दिएका स्रोतले बतायो ।
पक्राउ परेका ती युवकलाई म्याद थपका लागिअदालत लैजाने तयारी प्रहरीले गरेको छ । उनले घटनामा संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने भएकाले उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरी स्रोत बताउँछन् ।
प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको बताएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया