कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा ‘महासमिति बैठक’

काठमाडौं । नेपाली कांग्रेसको ४ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा महासमिति बैठकबारे छलफल हुने भएको छ ।
अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने निर्णय कार्यान्वयन गर्नेबारेको एजेण्डामा यो केन्द्रीय समिति बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरि मंसिरमा बस्ने महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले विभिन्न समिति बनाउने तयारी छ ।
केन्द्रीय समिति बैठकका एजेण्डा बनाइरहेका एक नेताले बैठकमा पार्टी संगठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ । नीति महाधिवेशन र महासमिति दुवै कार्य एकैपटक हुने गरी कांग्रेसले महासमिति बैठक आह्नवान गरेको छ । महासमिति बैठक महाधिवेशन पछिको शक्तिशाली निकाय हो ।
वार्षिक कार्यतालिका अनुुसार हालसम्म भएका कार्यक्रम बारे महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकलाई जानकारी गराउने भएका छन् ।
साउन २० देखि ३० सम्म पार्टी संगठन सुदृढीकरणको अभियान कांग्रेसले चलाएको थियो ।

















आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया