एमसीसी आयोजनाको ठेक्कामा लफडा भएपछि गृहमन्त्रीको पनि चासो

काठमाडौं । ६९ करोड ७० लाख अमेरिकी डलर बराबरको एमसीसी कम्प्याक्ट अन्तर्गतका आयोजनाको ठेक्कामा लफडा भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमसीए नेपालसँग चासो देखाएका छन्। सोमबार दिउँसो १ बजे एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई कार्यकक्षमा बोलाएर मन्त्री श्रेष्ठले ठेक्का प्रक्रियाबारे जानकारी लिएका हुन्।
एमसीसीको विद्युत प्रसारण लाइन निर्माणका लागि २२ करोड डलर लागत अनुमान सहित ठेक्का आव्हान गरिएकोमा ठेकेदार कम्पनीहरूले ३६ करोड ५० लाख डलर प्रस्ताव गरेपछि अन्यौल सिर्जना भएका बेला मन्त्री श्रेष्ठले अनुमानभन्दा धेरै लागत प्रस्तावित हुनुको कारण मागेका हुन्।
‘लागत अनुमानभन्दा निकै नै माथि ठेक्का प्रस्ताव भएपछि के कारणले त्यसो भएको हो भनेर म आफैले उहाँ (खड्गबहादुर विष्ट) लाई सोध्न बोलाएको थिएँ,’ मन्त्री श्रेष्ठले मेरोन्यूजसँग भने।
मन्त्री श्रेष्ठको प्रश्नमा एमसीएका कार्यकारी निर्देशक विष्टले अहिले प्रस्तावित लागत निकै उच्च भएको र विद्यमान अवस्थामै ठेक्का सम्झौता गर्न नसकिने जवाफ दिएका थिए। विष्टले अनुमानभन्दा धेरै लागत राखेर ठेक्का सम्झौता नहुने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई विश्वस्त बनाएका थिए ।
मन्त्री श्रेष्ठले ५० करोड डलर अमेरिकी सहयोग हुनेमा ३६ करोड ५० लाख डलरको एउटै ठेक्का प्रस्ताव हुँदा त्यसले आयोजना महँगो बनाएको र अनुदानको उपयोगिता पनि नहुने अवस्था आउन लागेको भन्दै विष्टलाई सचेत गराएका थिए।

















आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया