दैलेखमा चट्याङ लागेर १६ वर्षीय युवकको मृत्यु
मेरोन्यूज
२०८० असोज २ गते ६:५०

काठमाडौँ । दैलेखमा चट्याङ लागेर १६ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा अन्य नौ जना घाइते भएका छन्।
महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टले सोमबार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको जानकारी दिए ।
किशोरसँगै रहेका अन्य नौ जना चट्याङले घाइते भएका छन्। घाइते मध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो। नौ जना घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया