फकाएर भारत लैजान लागिएका तीन बालकको उद्धार

झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजान लागिएका तीन नेपाली बालकको उद्धार गरिएको छ ।
अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरेको थियो । उद्धार गरिएका बालकहरूलाई एसएसबीले सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ ।
मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरीको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।
बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो ।
एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले जानकारी दिए । त्यसपछि बालकहरूलाई आआफ्नो अभिभावकको जिम्मा लगाउन भनी विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको कटुवालले जानकारी दिए ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया