शनिबार, वैशाख २६, २०८३

४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन आज

मेरोन्यूज २०८० असोज ३ गते ८:२७

काठमाडौं। नेपालमा पहिलोपटक आजदेखि द्रुत बस सेवा सञ्चालन हुने भएको छ। संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्न लागिएको हो।

Advertisement
NiccNicc

काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाइएको छ।

द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना सरकारको छ। यद्यपि, उद्घाटन २ वटा बसबाट हुनेछ।

बुधबार रत्नपार्कमा यातायातमन्त्री प्रकाश ज्वालाले बिहान ९ बजे उक्त सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।

प्रतिक्रिया