सेती नदीमा बगेर डोटीका एक युवक बेपत्ता
मेरोन्यूज
२०८० असोज ३ गते ९:२५

धनगढी । सेती नदीमा बगेर डोटीका एक जना बेपत्ता भएका छन् ।
डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा मंगलवार दिउँसो बगेर बेपत्ता भएका हुन् । बझाङको केदारस्युँ गाउँपालिका–१ डाँसामा चिप्लेर पुजारा सेती नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।
पुजारा केदारस्युँ गाउँपालिका–१ को देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी खान जाने क्रममा चिप्लेर सेती नदीमा बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी रायल बझाङबाट प्रहरी टोली खटिई पुजाराको खोजतलासका कार्य भईरहेको छ ।
सम्बन्धित

















आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया