साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो।
दुई पटकको च्याम्पियन नेपाल पाकिस्तानसँग समूह चरणको पहिलो खेलमै पराजित भएको हो ।
अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो।
पहिलो पटक यू–१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ।
दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो।
नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ।
आजै भएको समूह ‘ए’ को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया