क्यानको निर्वाचन साधारण सभा हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ–क्यानको निर्वाचन साधारण सभा शुक्रवार सुरु हुँदै छ । बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने भएको छ ।
क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ । शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन ।
वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना बलियो रहेको छ । उनलाई पारस खड्काले समर्थन गरेको बुझिएको छ । सचिवमा चन्दले खड्कालाई साथ दिएका छन् । जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य बनेको हो ।
यसअघि जिल्ला र प्रदेश चुनाव दौरान चन्दलाई रोशन सिंह, प्रशान्तविक्रम मल्ल र दुर्गाराज पाठकले अध्यक्षमा समर्थन गर्ने र अन्य पदमा आपसमा बाँडेर बस्ने चर्चा चलेको थियो । अध्यक्षमा उठ्ने चर्चा चलाएका सिंह पछि ‘ब्याक’ भएका थिए । उनी फेरी चन्दकै समर्थनबाट कोषाध्यक्षमा उठ्ने चर्चा छ । पाठक र मल्लको भूमिकाबारे केही खुलेको छैन ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया