फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताए । विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिएका छन् ।
“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उनले भने । उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिष्ट आग्रह गरेका छन् ।
“केही फार्मसिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।
उनले फार्मसीको सङ्ख्या अनुसार फार्मसिष्ट परिचालन नभएको बताएका छन् । कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो ।
सङ्घका उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे ।
फार्मासिष्टहरुले गैरफार्मसी व्यक्तिले औषधि पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको समेत बताएका छन् ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको जानकारी गराए । उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्ने बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिए ।
प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ । नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया