बाबु छोराको एउटै चितामा अन्त्येष्टि

दाङ । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।
दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा विक्री गर्दै आएका थिए ।
उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए । ‘उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो,’ वडाध्यक्ष वलीले भने, ‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।’
रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए ।















मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
प्रतिक्रिया