लम्पी स्किन रोग विरुद्धको खोप प्रभावकारी

काठमाडौँ, । लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नै रहेको छ । कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रालिले विभिन्न मुलुकबाट खरिद गरि ल्याएको खोप गुणस्तरिय र मापदण्ड अनुसार नै रहेको जनाएको छ ।
डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुपंक्षिमा लाग्ने लम्पी स्किन विरुद्धको खोप गुणस्तर रहेको डिस्ट्रिव्युर्टसका कार्यकारी अधिकृत ऋषि बडालले जानकारी दिए ।
“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप विक्रि भई किसान समक्ष जादा उक्त खोपहरु प्रयोगमा आय पश्चात कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको व्यहोरा स्वय सिद्ध छ”उनले भने “ उत्पादनकर्ता अन्तराष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हुँदा विगत ३० बर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रहदैन ।”
कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरुलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्यात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिए ।
यसैगरी कम्पनीले यहि असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ ।
नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप ल्याउने तीन वटा कम्पनी रहेका छन्।
कम्पनीले ती तीन कम्पनीभन्दा सस्तो दरमा खोप उपलब्ध गराउँदै आएको छ । प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप महामारी आएपनि पशुपालक किसानलाई राहत हुने गरि कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया