शुक्रबार, वैशाख २५, २०८३

मंगोलियालाई नेपालले दियो ३१५ रनको कीर्तिमानी लक्ष्य

मेरोन्यूज २०८० असोज १० गते ८:३७

काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

Advertisement
NiccNicc

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी स्कोर बनाएको हो।

यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो ।

नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए। ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए।

नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ।

प्रतिक्रिया