धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग छमहिने सम्झौता गरेको थियो ।
सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइने र रोजगारीमा सिकेको सीपलाई प्रयोग गरी धुलिखेलमा जापानिज प्रविधिमा कृषि उत्पादन तथा सिकाइ गर्नुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार जापानिज भाषा तथा सीप कक्षाको गत वैशाखदेखि सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । “सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ”, उनले भने ।
नगरप्रमुख ब्याञ्जूका अनुसार जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्ने छ । नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन महिलालाई गुणस्तरीय जापानिज भाषा (एन–४ लेभलसम्मको) तथा आवश्यक सीप सिकाइमा कक्षा सञ्चालन गरेको हो । बीस वर्ष पूरा भई ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न भएका परिवारको सदस्यलाई हाल भाषा तथा सीप प्रदान गरिरहेको उनले बताए ।
नगरले यसअघि कृषि ऐन, काननु तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । उक्त कक्षामा हाल ४० महिला अध्ययन गरिरहेको नगरका प्रविधि अधिकृत विनोद सापकोटाले बताउनुभयो । उहाँका अनुसार आउँदो अक्टोबर महिनामा अध्ययनरत युवा महिलाको अन्तिम सीप परीक्षण हुनेछ र निपुणलाई सम्झौताअनुसार जापान पठाइने छ ।
धुलिखेल नगरलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहर तथा दक्षिण–पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गर्दैछ । सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेलको दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरेहेका विश्वका आठ देशमा अनुकरण भइरहेको बताइन्छ ।
नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ ।
धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर घोषित भइसकेको छ ।














Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया