पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’

मकवानपुर । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ आयोजना गरिएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटिपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबको सहकार्यमा पहिलो पटक बाइक टुरको आयोजना गरेको हो ।
नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान), नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घ संस्थासँगको समन्वयमा कलाकार, साहित्यकार, बाइकरसहित एक सय जनाको राइडर्स टीमले काठमाडौँ–हेटौँडा–चितवन–लुम्बिनी–पाल्पा–पोखरा रुटमा बाइक टुर गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनले बाइक टुर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर भएको बताए । पर्यटन समितिका सदस्य अच्युत गुरागाईंले बाइक टुर पर्यटन क्षेत्रको प्रचार गर्ने सशक्त माध्यम भएको बताए ।
काठमाडौँबाट हिँडेको बाइक राइडर टोलीले आज मकवानपुरको पर्यटकीयस्थल मकवानपुर गढी दरबारको अवलोकन गरेको छ । सो अवसरमा मकवानपुर गढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश दिन बाइक टुरले सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरेका छन् ।
गतवर्ष मकवानपुरगढीमा साइकल यात्रीलाई स्वागत गरेको स्मरण गर्दै उनले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने काममा गाउँपालिकामा सहयोग गर्ने बताए ।
विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने योजनामा बनाइएको सो टुर पाचौँ दिनमा पोखरा पुग्नेछ । आगामी मङ्सिरमा पोखरामा हुने नेपाल टुरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्राण्डिङका लागि लेकसाइडमा टुरको समापन गरिनेछ ।
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया