एमाले कर्णाली प्रदेश अधिवेशन सुरु
मेरोन्यूज
२०८० असोज १० गते १५:५८

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको आज सुर्खेत वीरेन्द्रनगरमा उद्घाटन गरेका छन् ।
अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन्। जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन्। एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ।
दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ।
सम्बन्धित
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया