दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

कञ्नपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।
विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।
केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन ।
समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “विद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको छ”, विष्टले भने, “ताला खुलेपछि विश्वविद्यालय प्रशासनको काम सञ्चालन भएको छ ।”
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया