६ घण्टापछि सुरु भयो एमाले कर्णाली अधिवेशनको बन्द सत्र

सुर्खेत । एमालेको कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र ६ घण्टापछि सुरु भएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको बन्द सत्र साँझ ५ बजेबाट सुरु भएको हो ।
नेतृत्व चयनको लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो । सहमतिको प्रयास विफल भएपछि महासचिव शंकर पोखरेल काठमाडौँ फर्किएका छन्। निकटस्थ स्रोतले पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशन दिएर काठमाडौँ फर्किएका छन्।
यद्यपि कर्णालीमा सहमतिअनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन्।यामलाल कँडेलको गुटबाट गुलावजंग शाह अध्यक्षका आकांक्षी छन् भने गोरख बोगटी–विनोदकुमार शाह गुटबाट मीनबहादुर शाहीको नाम चर्चामा छ।
यस्तै पूर्वसभामुख राजबहादुर शाही पनि अध्यक्षका दाबेदार हुन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा गरेका छैनन् ।
बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया