बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।
१६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । “वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ”, उनले भने , “बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।”
वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए रु पाँच सय जरिवाना गरिनेछ ।
पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ ।
















बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया