रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

रुकुम पश्चिम । रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाकोे सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुदाँ आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए ।
उनका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्रीवितरण भएको थियो । कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ ।
चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झण्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ । जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमख गौतमले जानकारी दिए । चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए ।
आव २०७९/०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे । सेरिगाउँबाट हरेक हप्ताको आइबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुदैँ आएको छ ।
प्रतिकिलो रु नौका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए ।
















Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया