एमाले बागमती : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
मेरोन्यूज
२०८० असोज १२ गते १२:२३

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु हुने भएको छ।
निर्वाचन कार्यतालिका पटक-पटक फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो । मतदान पार्टी कार्यालय च्यासलमा भइरहेको हो ।
अध्यक्षका लागि दुईजना प्रतिस्पर्धामा छन्। तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्। अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।
एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन भइरहेको हो ।
सम्बन्धित
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया