संसदीय समितिको सरकारलाई निर्देशन- चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकपछि समितिले सरकारलाई त्यस्तो निर्देशन गरेको हो ।
समितिले चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
चिकित्सकमाथी दुब्यवहार गर्नेलाई कारबाही गर्न र हिंसारहित, भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय समितिले गरेको छ’ समितिको निर्णय सुनाउँदै सभापति भानुभक्त जोशीले भने ।
समितिले आन्दोलनमा उत्रिएका चिकित्सकलाई पनि सरकारसँग वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
समितिको बैठकमा उपस्थित स्वास्थ्यमन्त्री मोहन बस्नेतले चिकित्सिक कुटपिटका घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको बताएका थिए ।
तर चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि उनले मणिपाल अस्पतालमा एक घन्टाभित्र प्रहरी पठाउने बताए । उनले अघि भने, ‘तपाईहरु आन्दोलन फिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं ।’
















क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
बाँकेमा एचपिभी खोप लगाउन सुरु
प्रतिक्रिया