यू-१९ साफको फाइनलमा आज भारत र पाकिस्तान भिड्दै
मेरोन्यूज
२०८० असोज १३ गते ७:३२

काठमाडौं । आज यू-१९ साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । फाइनलमा भारत र पाकिस्तान भिड्न लागेका हुन् ।
खेल दशरथ रंगशालामा आज नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुँदैछ ।
पाकिस्तान समुह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पाकिस्तान यू-१९ साफ च्याम्पियन्सिपमा पहिलो पटक भाग लिएर फाइनलमा पुगेको छ । यसअघि सम्पन्न चार यू-१९ साफ च्याम्पियन्सिपमा उसले भाग लिएको थिएन ।
त्यसैगरी भारत समुह बी मा पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भारतले पेनाल्टी सुट आउटमा नेपाललाई ३-२ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
भारतले यस अघि २०१९ र २०२२ मा लगातार यू-१९ साफ च्याम्पियन्सिपको उपाधि जितेको थियो । त्यसअघिका दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया