बिहीबार, माघ २९, २०८२

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न प्रधानमन्त्रीको निर्देशन

मेरोन्यूज २०८० असोज १४ गते १३:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेपछि कार्यकारी निर्देशक थानीले स्वचालित मूल्य प्रणाली लागू गरिएको र भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण बढाउने निर्णय भएको जानकारी दिएका थिए।

प्रतिक्रिया