बिहीबार, माघ २९, २०८२

संसद्मा प्रधानमन्त्रीले भने : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न भ्रमण फलदायी भयो (पूर्णपाठ)

मेरोन्यूज २०८० असोज १४ गते १५:०३


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न आफ्नो भ्रमण फलदायी भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताए ।

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तराष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अति कम विकसित मुलुकहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाल सफल भएको प्रधानमन्त्री दाहालले बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका दाहाल उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिबार स्वदेश फर्किएका दाहालले आइतबार नै संसदलाई आफनो भ्रमणबारे जानकारी गराएका हुन् ।

आफ्नो चीन भ्रमणले व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने र नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालको संवोधनको पूर्णपाठ :

प्रतिक्रिया