तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

काठमाडौँ । सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै रहेको छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ ।
यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उनले बताए । “तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लङ्घन नै रहेको छ”, उनले भने ।
यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उनले बताए । यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उनले जानकारी दिए ।
पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ ।
त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ ।
जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । उनले सचेतना अभियान देशभरी सञ्चालन गर्न जरुरी रहेको औँल्याएका छन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्छः सभापति थापा
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया