नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा

काठमाडौँ । नेपाल टेलिकमले आज (माघ २२, २०८२) आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव मनाएको छ।
केन्द्रीय कार्यालयसहित विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।
केन्द्रीय कार्यालयमा भएको समारोहको अध्यक्षता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिकी अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले कम्पनीले डिजिटल डिभाइड न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा गरेको योगदानको प्रशंसा गरिन्।
नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फोरजी सेवा सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहसम्म विस्तार भइसकेको र फाइभजी सेवाका लागि तयारी भइरहेको जानकारी दिए ।
साथै, FTTH सेवा विस्तार, Data Center निर्माण, नयाँ बिलिङ प्रणाली र Private Cloud Platform (NT Cloud) जस्ता प्रविधि परियोजनाहरुमा प्रगति भइरहेको बताए ।
२२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष प्याकेज तथा सुविधा पनि घोषणा गरेको छ। यसअनुसार, माघ २२–२८ सम्म GSM Prepaid/Postpaid ग्राहकले विभिन्न Celebration Combo Pack र Data Bonus प्याकेज लाभ लिन सक्नेछन्। FTTH नयाँ जडान र नवीकरण गर्ने ग्राहकलाई जडान शुल्कमा छुट र मोवाइल Data बोनस उपलब्ध गराइने व्यवस्था गरिएको छ।
कार्यक्रममा कम्पनीका उत्कृष्ट बिक्रेता, कार्यालय र २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।















इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया