प्रमाणपत्र शंकास्पद देखिएपछि विभागले गर्यो १४ म्यानपावर कम्पनी निलम्बन
मेरोन्यूज
२०८० असोज १५ गते १८:०९

काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको प्रमाणपत्र शंकास्पद देखिएपछि वैदेशिक रोजगार विभागले १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ ।
विभागले ती म्यानपावरमाथि शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोग लगाएको छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीले उनीहरुमाथि उजुरीका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानमा संलग्नता देखिएको आधारमा १४ म्यानपावरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।
यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको विभागले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया