एसियाली खेलकुद
नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतबाट दुई सय तीन रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। कुशल मल्ल र सन्दीप जोराले समान २९–२९ रन बनाए।
यस्तै, कुशल भर्तेलले २८, करन केसीले १८ र आसिप शेखले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
भारतका लागि रवि विश्नोइ र अभिस खानले ३–३ विकेट लिए। यस्तै अर्शदीप सिंहले २ र साइ किशोरीले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए। यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए।
यो जितसँगै भारत सेमिफाइनलमा पुगेको छ भने नेपालको एशियन गेम्सको क्रिकेटमा यात्रा समाप्त भएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया