सन् २०३० को फिफा विश्वकप ६ देशमा हुने (सूचीसहित)
मेरोन्यूज
२०८० असोज १८ गते ७:२८

काठमाडौं । सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
२०३० को विश्वकपका खेलहरु स्पेन, पोर्चुगल र मोरक्को तथा तीन उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना हुने छन् । यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ ।
स्पेन, पोर्चुगल र मोरक्कोलाई सह–आयोजक घोषणा गरिएको छ भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ ।
उरुग्वेको राजधानी मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागिएको हो ।
सन् २०३० को प्रस्ताव स्वीकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ । आयोजक ६ देश विश्वकपमा सिधै छनोट हुने छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया