एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ।
दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्।
१३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन्।
लिग चरणमा ४५ र सेमिफाइनलानका २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ। ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा खेलाइनेछ।
सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे समेत राखिएको छ। वर्षा र अन्य कारणले खेल रोकिएको अवस्थामा अर्को दिन खेलाइनेछ।
आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन अमेरिकी डलर राखेको छ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया