बचतकर्ताको ४ करोड बढी हिनामिना गर्ने चौलागाईं पक्राउ

काठमाडौँ । सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मंगलबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । एसपी अधिकारीले चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।
मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वाससाथ संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि उनले फिर्ता दिन आनाकानी गर्दै आएका थिए ।
आफूहरूको पैसा फिर्ता नभएपछि बचतकर्ताले प्रहरीमा चौलागाईंविरुद्ध जाहेरी दिएका थिए । ३९ वर्षीय चौलागाईं चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया