प्रधानमन्त्री भन्छन् : स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्रीले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिबद्धता पनि जनाएका थिए ।
संविधानमा व्यवस्था भएबमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको प्रधानमन्त्रीले बताए ।
‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन् । संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ,’ दाहाललले भने, ‘दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो । हाम्रो राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्नसक्छौँ ।’
प्रधानमन्त्री दाहालले राज्यका सबै अंगहरूले नियन्त्रणमूखी नभई प्रबद्धन र सेवामुखी भएर काम गर्न जरुरी रहेको बताए । ‘स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अझ गम्भीरता र जिम्मेवारीपूर्वक जनसेवाका काम हुनुपर्छ । नेपालको संविधान, राज्यका प्रचलित नीति, कानुन, प्रबन्धहरूको निर्देशनमा रही प्रभावकारी कार्यसम्पादन गर्न प्रतिष्ठान र प्रतिष्ठान आवद्ध सबैलाई निर्देशन दिन्छु,’ प्रधानमन्त्रीले भने, ‘नर्सिङ सेवासँग सम्बन्धित केही जटिलता देखापरेका छन् । अहिले सरकार, स्वास्थ्य मन्त्रालय यो समस्या समाधान गर्नेतिर दृढतापूर्वक अघि बढेको छ । जनताको उपचारमा कार्यरत चिकित्सकको पेशागत सुरक्षा, हीत र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लो समय बिरामीहरुको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रुपमा लिएको छु ।’
सरकारले स्वास्थ्यकर्मीसँग गरेको सहमति कार्यान्वयन गर्न सरकार लागिरहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका थिए ।
















देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
रेड्मी नोट १५ नेपालमा, कति पर्छ मूल्य ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
प्रतिक्रिया