भारत एशियन गेम्स क्रिकेटको फाइनलमा
मेरोन्यूज
२०८० असोज १९ गते १३:४१

काठमाडौँ । चीनमा जारी १९ औँ एशियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटको फाइनलमा भारत पुगेको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा बंगलादेशलाई ९ विकटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
बंगलादेशले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले ९।२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि तिलक बर्माले सर्बाधिक अविजित ५५ रन बनाएका थिए भने कप्तान रुतुराज गायकवाडले अविजित ४० रन बनाएका थिए । यस अघि नेपालविरुद्ध शतक बनाएका यशश्वी जैसवाल भने यस खेलमा शुन्यमै आउट भएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेश २० ओभरमा ९ विकेट गुमाउदै ९६ रनमा सिमित भएको थियो ।
अब फाइनलमा भारतले आजै हुने दोस्रो फाइनलका पाकिस्तान र अफगानिस्तानबीचको विजेतासँग खेल्ने छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया