बिहीबार, फागुन १४, २०८२

विज्ञान, प्रविधिबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

मेरोन्यूज २०८० असोज १९ गते २०:११

काठमाडौँ । काठमाडौँमा आजबाट विज्ञान, प्रविधि, समाज तथा संस्कृतिबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सूरु भएको छ । सम्मेलनमा बिभिन्न ५ वटा देशबाट दुई सय सहभागी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल एक्वाकल्चर सोसाईटी र वुमन इन् साइन्स एण्ड ह्युम्यानिटी (विस) को आयोजनामा भएको सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे ।

कार्यत्रममा मन्त्री बस्नेतले गरिब र पैसाकै अभावमा कोही नागरिकले मर्नु पर्ने दिन नआओस् भनेर सरकार लागि परेको बताए । ‘सरकारले त्यसको जिम्मा लिन्छ । म त्यसको जिम्मा लिन्छु,’ मन्त्री बस्नेतले भने । कार्यक्रममा विज्ञान तथा प्रविधि, कृषि, शिक्षा, प्राकृतिक विपद विज्ञलगायतको सहभागिता छ ।

सम्मेलनमा बिभिन्न क्षेक्रका व्यत्तिहरुलाई बिभिन्न शिर्षकमा एवार्ड बितरण गरिएको थियो । ‘गोल्डेन अचिभमेन्ट अवार्ड’ बाट प्राडा जीवन श्रेष्ठ, प्राडा तेजकुमार श्रेष्ठ, डा. दिलिप कुमार, प्रा. बिएन पाण्डे, प्रा.प्रमोद कुमार झालाई कार्यक्रममा सम्मान गरियो । गोल्ड मेडलबाट प्रा. टिसी माजुपुरिया, प्रा. सुब्रत कुमार डे, प्रा. नरेन्द्र श्रीवास्तबसम्मानित भएका छन् ।

दुई दिने सम्मेलन राजर्सि जनक विश्वविद्यालय, जनकपुर, डिपार्टमेन्ट अफ पब्लिक पोलिसि, काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, डिपार्टमेन्ट अफ जुलोजी, अमृत साइन्स क्याम्पस, त्रिभुबन विश्वविद्यालय, जुलोजिकल सोसाईटी अफ इन्डिया, जुलोजिकल सोसाईटी अफ बंगलादेश, एनटिपी टुरिजम अफेयर्स कलेज नेपाल, श्रीपाटुम युनिभर्सिटी, थाईल्याण्ड, नेश्नल इन्टिग्रेटेड कलेज ९एनआइसी० काठमाडौँ, सोसाइटि फर साइन्सेस एण्ड नेचर इन्डिया, ब्लु प्लानेट सोसाइटी (बिपिएस) सँगको सहकार्यमा गरिएको हो ।

दुई दिने सम्मेलन भोली शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया