विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त

काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुँदै छ । यो खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार २स् १५ बजेदेखि शुरु हुने छ ।
यो दुवै देशका लागि यस विश्वकपको पहिलो खेल हो ।
दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ । विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।
अस्ट्रेलिया क्रिकेट विश्वकपमा सबैभन्दा बढी सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । २०१९ को विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यसैगरी भारतले १९८३ र २०११ गरी दुई पटक विश्वकपको उपाधि जितेको थियो भने गत विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया